Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश

वीरगन्जका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

जिल्ला अदालत पर्साले मंगलबार उनलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटी माग गरेको जानकारी दिए । 

उनका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।