Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सुधन गुरुङ छानबिन समितिलाई थप ५ दिन

प्रतिवेदन लेखन चरणमा

पूर्वगृहमन्त्री सुधन गुरूङको सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेको प्रश्नबारे छानबिन गर्न बनेको समितिलाई थप पाँच दिनको समय दिएको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिलाई मंगलबारदेखि लागु हुने गरी थप पाँच दिनको समय दिएको हो।

यो समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्। 

सदस्य नेउपानेले सुधन गुरूङको बयान र तथ्य अध्ययन लगायतका काम सकिएको जानकारी दिए।

‘अन्य काम सबै सकिसकेका छन्। अब हामी प्रतिवेदन लेख्ने काममा लागेका छौं। ५ दिनको समय आजदेखि सुरू भएको छ,’ उनले भने।