Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा जनक परियार पक्राउ

धार्मिक भावना र सामाजिक सद्भावमा आघात पुग्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–टोखा नगरपालिका–८ बानियाँटार बस्दै आएका २७ वर्षीय जनक परियार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परियारले केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा दिएको अभिव्यक्तिले धार्मिक सद्भाव भड्काउने तथा धार्मिक भावनामा आघात पुर्‍याउने प्रकृतिको सामग्री सार्वजनिक गरेका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । यसअघि परियारले संवाद डबलीमै सार्वजनिक रूपमा आफूबाट गल्ती भएको स्वीकार गर्दै माफीसमेत मागेका थिए ।