Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेपछि ज्ञानेन्द्र शाहीले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्री बालेन शाहको राजीनामा माग नगर्न अपिल गरेका छन् ।

उनले शुक्रबार आफ्नो फेसबुकमार्फत् एक स्टाटस लेख्दै प्रधानमन्त्रीको राजीनामा माग नगर्न अपिल गरेका हुन् । 

उनले ३५ वर्षसम्म देश लुट्ने शक्तिविरुद्ध जनताले मतदान गरेको भन्दै जनादेशको सम्मान गर्नुपर्ने बताएका छन्। 

साथै प्रधानमन्त्रीले प्रजातान्त्रिक भएर संसदप्रति उत्तरदायी बन्नुपर्ने माग पनि उनले गरेका छन् ।