Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

लालपुर्जा नपाउँदासम्म सुकुम्बासीलाई मासिक १५ हजार भाडा दिने सरकारको तयारी

लालपुर्जा नपाउँदासम्म सुकुम्बासीलाई मासिक १५ हजार भाडा घरभाडा उपलब्ध गराउने सरकारले तयारी गरेको छ। 

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्।

समिति सभापति हरि ढकालकाअनुसार सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिए।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्र्याक’ बाट लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य छ।