Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

गणेश पराजुलीको प्रश्न– प्रतिपक्षले चुनावी वाचा कति पूरा गर्‍यो?

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले अहिलेका प्रतिपक्ष दलहरूलाई विगतका चुनावमा गरेका वाचाहरू कति पुरा भए ? भन्दै प्रश्न गरेका छन् । 

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

सरकारले गरेका कामको धारणा राख्दै उपनेता पराजुलीले प्रतिपक्षी दलहरूलाई आफूले जनतामाझ गरेका बाचाबारे स्मरण गराएका हुन् । साथै उनले वर्तमान सरकारले सय बुँदे कार्यक्रममार्फत गरेका कामहरूलाई हेर्न समेत भनेका छन् । 

परम्परागत डिप्लोमेसीलाई त्यागेर इकोनोमिक डिम्पलोमेसीमा डिपार्चर गर्ने भन्दै पराजुलीले सरकारले सुशासन र सेवा प्रवाहको सुरुवात गरिसकेको दाबी गरे ।

उनले भने, ‘रास्वपा सरकारले प्रतिपक्ष दल फुटाउन अध्यादेश ल्याएको छैन । चित्त नबुझे प्रतिस्थापन विधेयकमार्फत मत राख्न सक्नुहुन्छ’, पराजुलीले आफूहरू अनुभवमा कच्चा भएको स्वीकार गरे । ‘राजनीतिमा यहाँहरुजति भोटो फटाएका छैनौ, अनुभवमा कच्चा छौ तर यो पुस्ताको नियतमाथि शङ्का नगर्नुस् ।'

पराजुलीले दलको कोटामा नियुक्त भएकी कामु प्रधानन्यायाधीश सपना मल्लको कार्यशैली हेर्दा लाज नै लजाएको भन्दै कस्तो न्यायको अपेक्षा गरेको भन्दै प्रश्न समेत गरे।