Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने तिनजना पक्राउ

काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीले एउटा पेस्तोल समेत बरामद गरेको छ। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा समेत बाहिरिएको थियो। जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ।