Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

तोलाको ५८ सयले बढ्यो सुन, चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५८ सयले बढेर तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।