Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

यूएईविरुद्धको खेलमा नेपालको रोमाञ्चक जित

नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा नेपालले युएईलाई दिएको २५५ रनको लक्ष्य पछाएको युएईले ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

बर्षाले प्रभावित बनेको यो खेलमा युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिइएको थियो ।

686392375_1438087281680981_8685768548237857177_n (1).jpg
683877472_1438088251680884_5353723674634956623_n.jpg
686088924_1438088665014176_7549781794059253138_n.jpg

युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।  

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए । 

यसआघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए ।  त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए ।

683877472_1438088251680884_5353723674634956623_n.jpg
684570099_1438088761680833_3263303978796169100_n.jpg

यो जितपछि नेपालको लिग-२ मा २३ खेलमा १६ अंक भएको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ । अब सिरिजको अर्को खेल आइतबार ओमान र युएईबीच हुने तालिका रहेको छ ।

684678531_1438087245014318_107145884410276264_n.jpg