Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

डा. बाबुराम भट्टराईले गरे सुकुम्बासीहरूको होल्डिङ सेन्टर तथा बस्तीको अवलोकन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीहरूको वर्तमान अवस्था बुझ्ने उद्देश्यले विभिन्न होल्डिङ सेन्टर तथा बस्ती क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन् ।

उनले आफ्नो कार्यकालमा करिब ३३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको २३३ युनिट क्षमताको इचङ्गुनारायणस्थित भवनको समेत विहिबार निरीक्षण गरेका छन् । त्यस क्रममा उनले सुकुम्बासीहरूको संख्या हालका वर्षमा बढ्दै गएको भन्दै उनीहरूको व्यवस्थापनका लागि अपनाइएका उपायबारे सरकारी निकायसँग गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

डा. भट्टराईले भत्काइएका सुकुम्बासी बस्तीहरू, विभिन्न होल्डिङ सेन्टर तथा इचङ्गुनारायणको संरचनाको अवस्थाबारे पनि जानकारी लिएको सचिवालयले जनाएको छ ।