Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कांग्रेस प्रमुख सचेतकमा बासना थापा, सचेतकमा निश्कल राई

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापा बन्ने भएकी छन् । दैलेख क्षेत्र नम्बर–१ बाट पहिलोपटक निर्वाचित भएकी थापा कांग्रेसको प्रमुख सचेतक बन्न लागेकी हुन् ।

३५ वर्षीय युवा सांसद निश्कल राई सचेतक बन्ने भएका छन् । इलाम–१ बाट निर्वाचित राई ०७९ सालबाट मात्र पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनी त्यसअघि नेपाल विद्यार्थी संघको राजनीतिमा थिए ।