Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एन्फा पदाधिकारीको पासपोर्ट रोक्का

अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीको पासपोर्ट रोक्का गरिएको छ । आर्थिक विषयको छानबिनका लागि अध्यागमन विभागबाट एन्फाका सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको हो ।

खेलकुद मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेकाले एन्फा पदाधिकारीको पासपोर्ट रोक्का गरिएको छ । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । 

खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानबिन समिति गठन गरिएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।