Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

विद्यार्थीलाई ४५ प्रतिशत छुट नदिएमा कारबाही गरिने

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत भाडा छुट दिन निर्देशन गरेको छ।

भाडा बढेसँगै सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउनुपर्ने छुट नपाएको गुनासोपछि विभागले भाडा छुटलाई निरन्तरता दिन निर्देशन दिएको हो।

विभागले हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको गुनासाहरू आएको भन्दै उक्त छुट नदिएमा कारबाही गरिने चेतावनी दिएको छ।