Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सुदन किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।

किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई 'अमूल्य सम्पत्ति' को रूपमा आत्मसाथ गरेको बताएका छन् । 

फेसबुक स्टाटसमा उनले लेखेका छन्, 'संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।'