Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अन्नपूर्णको काखमा घान्द्रुक : सुन्दरता र संस्कृति पर्यटकको पहिलो रोजाइ

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ मा अवस्थित घान्द्रुकको डाँडागाउँ यतिबेला पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ। घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्छ । यो नेपालकै चर्चित र लोकप्रिय ट्रेकिङ गन्तव्यका रूपमा परिचित छ।

RambahadurThapa_Gandagi_RSS_08_IMG_2315.jpeg

समुद्र सतहबाट करिब २,००० मिटर उचाइमा रहेको यो सुन्दर गाउँबाट अन्नपूर्ण हिमश्रृंखला तथा माछापुच्छ्रे हिमाल को मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। परम्परागत गुरुङ संस्कृति, ढुंगाले बनेका घरहरू र स्वच्छ वातावरणले घान्द्रुकलाई अझ विशेष बनाएको छ।

ghyanrduk.png

RBT_Gandaki-IMG_2346.jpg

हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पदयात्राको अनुभव लिन आउने गर्छन्। स्थानीय बासिन्दाले होमस्टे सेवा सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका छन् । जसले गर्दा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।RBT_Gandaki-IMG_2346.jpg

तस्बिर: राम थापा