Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ५१९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५२२५ मा कारोबार भएको थियो ।