Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अब सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब भुक्तानी गरिने

सरकारले अब सरकारी कर्मचारीहरूलाई १५/१५ दिनमै तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।

यससम्बन्धमा अर्थ मन्त्रालय ले महालेखा नियन्त्रक कार्यालय लाई आवश्यक व्यवस्था मिलाउन पत्राचार गरिसकेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले वैशाख ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै अबदेखि तलबभत्ता अर्धमासिक (१५/१५ दिनमा) रूपमा भुक्तानी गर्ने व्यवस्था गर्ने निर्णय गरेका हुन् । यसअघि सरकारी कर्मचारीहरूले मासिक रूपमा तलबभत्ता पाउँदै आएका थिए ।

मन्त्रालयले पठाएको पत्रमा हालसम्म महिना सकिएपछि मासिक रूपमा तलब वितरण हुँदै आएकोमा अब अर्धमासिक रूपमा वितरण गर्ने परिपाटी सुरु गर्न आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।

सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई नियमित र सहज रूपमा सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यसहित यो व्यवस्था लागू गर्न लागेको जनाएको छ । 

artha-mantralaya-patra-1776616758.jpg
undefined