प्रहरीले गुण्डागर्दी र आपराधिकको पृष्ठभूमि तयार पारेको छ । प्रहरीले १ हजार ९७ जनाको प्रोफाइल तयार पारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी दिँदै गुण्डाहरुको प्रोफाइलिङको काम भइरहेको बताएको छ । परिसरका काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको छ ।
जस अनुसार विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न धन्दा गरेका, पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको बिस्तार गर्दै प्रचार प्रसार गरेकाहरुको समेत प्रोफाइल प्रहरीले तयार पारेको प्रहरीले जनाएको छ ।