सर्वोच्च अदालतको आदेशसँगै पूर्वमन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पतालबाट पनि डिस्चार्ज भएका छन् ।
उनलाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो। पक्राउ परेको भोलिपल्ट अर्थात् चैत १६ गतेदेखि बिरामी भन्दै त्रिवि शिक्षण अस्पतालमा बसेका उनी शुक्रबार डिस्चार्ज भएका हुन्।