Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर ९ अर्ब ३१  करोड २८ लाख ६० हजार ८०८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर ९.४७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ६१ करोड ८० लाख बराबर कारोबार भएको छ भने नेशनल हाइड्रोको ५५ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।