Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गृहमन्त्री गुरुङको आलोचना गर्दै रक्षा बमले भनिन्- बेलैमा सच्चिनुस !

जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुदन गुरुङको आलोचना गर्दै समयमै सच्चिन चेतावनी दिएकी छन् ।

आइतबार सार्बजनिक सम्पत्ति विवरण बारे चौतर्फी भइरहेको चर्चामा गृहमन्त्री गुरुङले गरेको टिप्पणी प्रति आपत्ति जनाउदै रक्षाले गरिब भएर मर्नु गल्ति हो भन्ने अभिव्यक्ति पदीय मर्यादा विपरित भएको बताएकी छन् ।

गुरुङले आफुले गृहमन्त्री हुनुअघि भ्रष्टाचार नगरी सम्पत्ति कमाएको उल्लेख गर्दै मर्दा गरिब भएर मर्नु तपाइको गल्ति हो भन्ने पोष्ट सामाजिक सञ्जालमा राखेका थिए ।

रक्षाले फिल्मी लाइनमा लेखेको भन्दै गृहमन्त्री गुरुङले गरेको टिप्पणीको आलोचना गरेकी छन् ।

उनले भनेकी छन् :    

फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।

आज हाम्रो देशका २०% भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।

जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस्।