भृकुटीमण्डप भित्रका २० संस्थाको स्टलमा ताला लगाउँने भएको छ ।
समाज कल्याण परिषद् मातहत रहेको भृकुटीमण्डप भित्रको संरचना भाडामा लिई भाडा नबुझाउने २० संघ, संस्था र केही व्यवसायिक कबलमा समाज कल्याण परिषद्ले ताला लगाउने भएको हो ।
सोमबार नै प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएकाले भाडा नतिर्ने २० संघ–संस्था र केही व्यवसायिक कबलमा ताला लगाउन लागेको समाज कल्याण परिषदले जनाएको छ।
राष्ट्रिय अपांग महासंघ, राष्ट्रिय फोटो पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ आदिले पनि स्टल उपयोग गरी हालसम्म बक्यौता बुझाएका छैनन्।
उक्त संरचनाबाट ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ भाडा उठ्न बाँकी छ। यसरी भाडा नबुझाउनेमा एमालेनिकट अनेरास्ववियुसमेत छ। उसले स्टल नम्बर ६० र ६१ उपयोग गरिरहेको छ। अनेरास्ववियु बिना निवेदन र बिना सम्झौतामै २०७७ सालदेखि जबरजस्ती बसेको परिषद्ले जनाएको छ।
पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबले पनि बक्यौता बुझाउन बाँकी छ । उक्त क्लबले ७३ लाख ४० हजार ९०१ रूपैयाँ ७५ पैसा बुझाउन बाकी र बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालले पनि ८९ लाख ९० हजार ७४६ रुपैयाँ तिर्न बाँकी रहेको छ।
भाडा नबुझाउने सुची हेर्नुहोस्-