Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै छानिने

नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी गरिएको छ । दलको नेताका निम्ति आकांक्षी धेरै भएकाले निर्वाचनबाटै टुंगो लगाउने तयारी गरिएको हो ।  

महामन्त्री प्रदीप पौडेलले संसदीय दलको नेताका लागि सर्वसम्मत हुने वातावरण नबनेको बताए । उनले सहमति नभएको अवस्थामा चुनावी प्रक्रिया नै विकल्प भएको समेत स्पष्ट पारे ।

कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाले दाबी गरेका छन् ।