युटुबमा प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार (चैत २६) पक्राउ गरेको हो।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो ।
प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
उनको ‘Hades’ नामक युटुब च्यानल छ ।