गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा एनआइबिएल इक्विटी पार्टनर्सले १५ करोड लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।एनआइबिएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रूपैयाँ सेयर लगानी गरेको हो।
एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता छ र एनआइएमबी एस क्यापिटलले यसको व्यवस्थापन गर्छ।
यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य राखिएको छ।