नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हाइटेक भिजन प्रा.लि.ले आफ्नो नवौं वार्षिकोत्सव चैत २७ गते विशेष कार्यक्रमसहित मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा विभिन्न विशेष कार्यक्रमहरू, ग्राहक सम्मान तथा आकर्षक योजनाहरू सार्वजनिक गरिनेछ। साथै, ग्राहकहरूका लागि नयाँ अफर योजनाहरू समेत सोही दिन लागू गरिने छ । कार्यक्रममा सहभागी हुने सबै ग्राहकहरूलाई खाली हात नफर्काइने गरी उपहार प्रदान गरिने छ।
स्थापनाकालदेखि नै हाइटेक भिजनले ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको छ। विशेषगरी नेपालमै पहिलो पटक किस्ताबन्दी प्रणालीमार्फत किचनवेयर तथा फर्निचर सामग्री बिक्री सुरु गरेर कम्पनीले बजारमा नयाँ आयाम थपेको थियो। यसले मध्यम तथा सामान्य आय भएका ग्राहकहरूलाई सहज रूपमा आवश्यक सामग्री खरिद गर्ने अवसर प्रदान गरेको छ।
गुणस्तरीय सेवा, विश्वास र पारदर्शिताका कारण हाइटेक भिजन देश तथा विदेशमा रहेका नेपाली ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ। ग्राहकहरूको निरन्तर माया, साथ र विश्वासले नै कम्पनीलाई आजको अवस्थामा पुर्याएको हो।
कम्पनीले समय–समयमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर, छुट योजना तथा उपहार कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।ग्राहकहरूको बढ्दो विश्वास र मागलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आएको छ। हालै काठमाडौंको गोङगबु क्षेत्रमा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ भने तारकेश्वर–लामबगरस्थित पुरानो शोरुमबाट पनि सेवा निरन्तर रूपमा प्रदान हुँदै आएको छ।
साथै २०८२/८३ मा कम्पनीले २०० भन्दा बढी फेन्चाइजी दिने उदेश्य समेत राखेको छ । हाइटेक भिजनले आगामी दिनहरूमा अझ प्रभावकारी सेवा विस्तार गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।