सार्वजनिक यातायातमा २१ प्रतिशतसम्म भाडा बढाएको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडा कायम भएको छ ।
यात्रुवाहकमा १६.७१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा २१.६८ र तराई मालबाहकमा १५.७५ प्रतिशतले भाडा बढाएको हो ।