Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

अबदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुक्रबार पनि खुल्ने भएको छ।

सरकारले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेपछि नै बजारको कारोबार तालिका पनि मिलाइएको हो।

हाल सार्वजनिक बिदा परेको समय बाहेक आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित सेयर कारोबार हुँदै आएको छ।

यसअघि पनि यसरी शनिबार र आइतबार सार्वजनिक बिदा दिइँदा शुक्रबार पनि कारोबारका लागि बजार खुल्ने गरेको थियो भने नेप्सेको कार्यालय समय परिवर्तन भइ बिहान ९ बजेदेखि ५ बजेसम्म तोकिएको छ।