Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नयाँ वर्षको अवसरमा केईको एक्सचेन्ज क्याम्प घोषणा

नयाँ वर्ष २०८३ को अवसरमा केईको एक्सचेन्ज क्याम्प घोषणा गरेको छ ।

केई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा. लि. र जि.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपाली नयाँ वर्षको अवसरमा तीन दिन 'केई एक्सचेन्ज क्याम्प' सञ्चालन गर्ने घोषणा गरेको हो ।

उक्त कार्यक्रमको योजना ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्ना सवारी साधन अपग्रेड गर्ने अनुभव प्रदान गर्ने उद्देश्य हो ।

यो एक्सचेन्ज क्याम्प चैत २९ देखि ३० गतेसम्म देशभरका आधिकारिक केई सोरूमहरूमा आयोजना हुनेछन् भने ग्राहकहरूले आफ्ना पुराना सवारी साधनहरू साटेर नयाँ केई मोडेलका गाडीहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

काठमाडौंको हकमा यो कार्यक्रम थापाथली (केई सोरूम नजिक) बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।

यस योजना अन्तर्गत ग्राहकहरूले निम्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्:

नयाँ वर्ष विशेष नगद छुट
आकर्षक एक्सचेन्ज बोनस
उत्कृष्ट सवारी मूल्यांक
फाइनान्स सुविधा
अटो इन्स्योरेन्स
७ किलोवाट वा ३ किलोवाट चार्जर विकल्पहरू

प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी, दुबईमा एक रातको निःशुल्क बस्ने व्यवस्था
यस कार्यक्रममा ग्राहकहरूले केई ई–क्युट ०२, केई ई–क्युट ०४, र केई एक्स३ प्रो इभी लगायतका इलेक्ट्रिक र कम्बस्टन सवारी मोडेलहरूको बारेमा जानकारी लिन र अवलोकन गर्न सक्नेछन् ।