नेपालका लागि ओमोडा जेको र आईकारको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्ना ईभी मोडेलहरूमा हालसम्मकै उच्च अग्रणी ११ वर्षे वारेन्टी घोषणा गरेको छ। ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी कार्यक्रमहरू मध्ये एक हो।
हाल कम्पनीद्वारा ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ ।
नयाँ ल्याइएको विस्तारित वारेन्टी कार्यक्रम अन्तर्गत अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर, जुन पहिले आउँछ त्यसमा प्रदान गरिने कम्पनीले जनाएको छ । यो विस्तारित वारेन्टी ओमोडा ई५, जेको जे५, जेको जे६टी र आईकुर भी२३ मोडेलहरूमा उपलब्ध छ, जसले ग्राहकको आत्मविश्वास बढाउने र ईभी स्वामित्वलाई थप ढुक्क बनाउने विश्वास कम्पनीले लिइएको छ।
यस विस्तारित वारेन्टी अन्तर्गत ग्राहकहरूले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस बारे बोल्दै एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारदाले भने, ‘हाम्रो विस्तारित वारेन्टीले हाम्रा सवारी साधनहरूको उन्नत ईभी प्रविधिप्रति हाम्रो अटल विश्वास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको आकर्षण बढिरहेको बेला, यस पहलले हाम्रा ग्राहकहरूमा दीर्घकालीन विश्वास र बफादारिता निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ।’
देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरहरूका साथै द्रुत रूपमा विस्तार भइरहेको सेल्स र चार्जिङ पूर्वाधार नेटवर्कका साथ, ओमोडा जेको र आइकारले नेपालमा तीव्र गतिमा अघि बढिरहेका ईभी ब्रान्डहरूको रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्।
यस अद्यावधिक गरिएको वारेन्टी नीतिको बारेमा थप जानकारीका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको ओमोडा जेको वा आईकार शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा जान कम्पनीले अनुरोध गरेको छ ।