सभामुख डोलप्रसाद (डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले उक्त कुरा बताएका हुन् ।
उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव र सदनलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनको हुने समेत बताए ।