नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ । उक्त बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो ।
यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए । उनले अब पार्टी पुनर्गठन गरेर महाधिवेशनमा जाने प्रस्ताव राखेका छन्।
पार्टीले तत्कालै साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने प्रस्तावमा उल्लेख छ।
यधपी अबको तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने, पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने प्रस्ताव छ। साथै ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।