नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा पक्राउ गरेका थिए ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका बेला खड्का पक्राउ परेका हुन्।
उनी लैनचौरस्थित स्काउटको जग्गा हिनामिना प्रकरणमा समेत मुछिएका छन्।