नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित घर बिक्री नभएको बताएको छ ।
देउवा निवास बिक्री भएको हल्ला चलेपछि सचिवालयले बिहीबार बिक्री नगरिएको र बेच्ने कुनै कार्यक्रम पनि नरहेको बताएको हो ।
‘बूढानीलकण्ठको देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन,’ सचिवालयले भनेको छ ।
घर बिक्री गरेको र बिक्रीमा राखेको भनेर भ्रामक सूचना संप्रेशण भएकाले बिक्रीमा नराखेको सचिवालयले स्पष्ट पारिएको हो ।
उक्त निवास गत भदाै २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा जलाइएको थियो ।