Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

नेकपा एमाले संसदीय दलको नेतामा राम बहादुर थापा चयन भएका छन् ।

निर्वाचनबाट नेता छान्ने प्रक्रियामा सुहाङ नेम्वाङले उम्मेदवारी नदिएपछि थापा दलको नेता चयन भएका हुन् । 

यस अघि संसदीय दलको नेताका लागि पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने बताइएको थियो ।

Badal1775041756.jpg

उपाध्यक्ष रहेका रामबहादुर थापालाई सर्वसम्मत बनाउन युवा नेता सुहाङ नेम्वाङले अस्वीकार गरेपछिचुनावी प्रक्रिया शुरु गरिएको भए पनि सुहाङले उम्मेदवारी नदिएपछि थापा निर्बिरोध भएको मतदान अधिकृत निरज आचार्यले जानकारी दिएका छन् ।

UML_21775041574.jpg