नेपाली कांग्रेसले पूर्णबहादुर खड्काप्रति संकेत गर्दै फेरि पनि लेटरहेड प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेता खड्कालाई सचेत गराउने निर्णय गरेको हो। खड्काले १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए ।
‘नक्कली लेटर प्याड प्रयोग गरेर आफूसँग हुँदै नभएको जिम्मेवारी उल्लेख गर्दै चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य अनुशासनको उल्लंघन हो’, समितिको निर्णयमा भनिएको छ, ‘उक्त वक्तव्य अनधिकृत भएकाले सचेत गराइन्छ। अब उप्रान्त यस्तो गतल काम गर्ने जो-कोही उपर नेपााली कांग्रेसको विधान र नेपाल कानुनअनुसार कारबाही गरिनेछ ।’
उक्त विज्ञप्तिपछि कांग्रेसले समानान्तर गतिविधिको नेतृत्व गरिरहेका खड्काले फेरि त्यो गतिविधि दोहोर्याए कारबाही गर्ने निष्कर्ष निकालेको छ।