Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

तत्कालै उद्धारका लागि दुइटा हेलिकप्टर तयारीमा अवस्थामा राख्छाैँ : गृहमन्त्री

गृहमन्त्री सुधन गुरूङले दुई वटा हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा राखिने बताएका छन्।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले विपदमा परेका नागरिकको तत्कालै उद्धारका लागि दुइटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका हुन्।

उनले ज्यानको परवाह नगरी नागरिकको उद्धार कार्यमा खटिएकोमा पनि सशस्त्र प्रहरीलाई धन्यवाद दिँदै विपद्मा परेका नागरिकहरुको सेवा सुरक्षा गर्नको लागि नेपाल सरकार, गृहमन्त्रालय लगायत सुरक्षाकर्मीहरु तयारीमा रहन निर्देशन समेत दिए ।

विगत केही वर्ष अगाडि आफैले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत लिएको स्मरण गरे।