Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कति पुग्यो धुरन्धर-२ को कमाई ?

बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । 

प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ११ दिनमा ८१३ करोड भारु कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो साता (आठ दिन) मा ६४९ करोड कमाएको थियो भने दोस्रो साताको दिन दिनमा १६४ करोड कमाई गरेर आइतबारसम्म कुल ८१३ करोड कमाई गरेको छ । 

फिल्मले रिलिजको दोस्रो शुक्रबार ३८ करोड, शनिबार ६० करोड र आइतबार ६६ करोड कमाई गरेको छ । फिल्मले अहिलेसम्म सबैभन्दा छिटो २ सय करोड देखि ८ सय करोडसम्म कमाएको नयाँ किर्तिमान बनाएको छ ।

त्यस्तै दोस्रो साताको विकइन्डमा धेरै कमाउने रेकर्ड पनि धुरन्धर-२ ले बनाएको छ । दोस्रो विकइन्डमा धुरन्धर-२ ले १६४ करोड कमाएको छ भने यसअघि धुरन्धरले १४६.६० करोड कमाएको थियो । त्यस्तै पुष्पा-२ ले १२८ करोड कमाएको थियो र छावाले १०९.२३ करोड कमाएको थियो । त्यस्तै धुरन्धर-२ ले भारतभन्दा बाहिर पनि करिब ३ सय करोड कमाई गरेको छ ।  

धुरन्धर-२ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।

धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर। माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।