Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एन्फाको निर्वाचन स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई निलम्बन गरेपछि एन्फाको निर्वाचन समितिले निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

समितिले राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको पत्र बिहिबार प्राप्त गरेको भन्दै शुक्रबारका लागि तय भएको एन्फाको संघीय निर्वाचन स्थगित भएको जनाएको छ ।

एन्फाले झापामा साधारण सभासहित निर्वाचन गर्ने अन्तिम तयारी गरेको थियो ।