Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए म तयार छुँ : सुहाङ नेम्वाङ

नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन् ।

बिहीबार (चैत १२ गते) सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चरकर्मीहरूसँग कुरा गर्ने क्रममा यस्तो बताएका हुन् । 

उनले संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको बताए ।

‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन,’ उनले भने ।

उनले संसदीय दलको नेताबारे अब पार्टी अगाडि बढाए आफू तयार हुने समेत बताए ।