सुनसरीको इटहरी-२० तरहरामा यतिबेला किसान मेन्था जडिबुटी गाेडमेल गर्न व्यस्त छन् ।
उक्त जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड परिसरमा हर्वल (भिक्स) बनाउन प्रयोग हुने गर्दछ । कम्पनीले मेन्थासहितको जडिबुटी ३७ बिघा क्षेत्रफलमा लगाएका छन् ।
यस ठाउँमा मेन्थासहित सिट्रोनेला, लेमल ग्रास, क्यामोमाइल, पामारोजा, फ्रेन्च बेसिन बाबरी, मसलालगायतको उत्पादन तथा प्रशोधन हुँदै आइरहेको छ ।
तस्बिर :नवीन गड्तौला/रासस