Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अब सडकबाट सरकार चलाउछौं- कुलमान घिसिङ

कुलमान घिसिङले अब सडकबाट सरकार सञ्चालन गर्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले जनताले दिएको करिब दुई तिहाइ बहुमतको जनमत स्वीकार गर्नुपर्ने बताउदै अब आफुहरुले सडकबाट सरकार सञ्चालन गर्ने बताए ।

उनले भने-'पार्टी गठन गरेको तीन महिनाभित्र चुनावमा भाग लिनुपर्ने अवस्था आयो । त्यो समयभित्र पनि बीचमा अर्को पार्टीसँग सहमति गरेपछि त्यहाँपनि अलमल भयौं । छोटो समयमा पनि देशैभरी उम्मेदवारी दिन भने सफल भयौं । जित्न नसक्दा पनि हारेर पनि जितेको उज्यालो पार्टी हो । देश पनि जितेको छ । उज्यालो पार्टी पनि जितेको छ ।'

कार्यक्रममा उनले अब संगठन विस्तारमा केन्द्रित हुने भन्दै सबै प्रदेशमा भेला सम्पन्न गरेपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने बताए ।