सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ ।
बुधबार (चैत ११) बिहान भएको आगलागीबाट क्याफेको तल्लो तलामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उक्त आगलागीमा सुरक्षाकर्मी, दमकल र स्थानीय बासिन्दा मिलेर नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।