Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

क्रेडिट कार्डदेखि  वनलिंकसम्म नबिल बैंकको नवप्रवर्तन यात्रा

नेपालको डिजिटल भुक्तानी परिदृश्यमा नबिल बैंक अग्रणी संस्था मध्येको एक हो। सन् १९९० को दशकदेखि कार्ड भुक्तानी प्रणालीमा प्रवेश गरेको उक्त बैंकले डिजिटल भुक्तानीको क्षेत्रमा अतुलनीय अनुभव र दक्षता हासिल गरेको छ। युनियन पे, मास्टरकार्ड तथा भिसा–कार्ड जस्ता अन्तर्राष्ट्रिय स्तरका सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी साधनहरूसँग लामो समयदेखि काम गर्दै आएको नबिल बैंकले डिजिटल पेमेन्टमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ।

ऐतिहासिक उपलब्धि
नेपालको बैंकिङ इतिहासमा पहिलोपटक क्रेडिट कार्ड, थ्री डी सेक्युरिटी, ट्याप एण्ड पे, ईएमभी जस्ता प्रविधि प्रयोगमा ल्याउने बैंक पनि नबिल नै हो। यसका साथै वनलिंक प्रणाली पनि प्रयोगमा ल्याएको छ। यी नवप्रवर्तनहरूले भुक्तानी कारोबारलाई आधुनिक, सुरक्षित र परिस्कृत मोडमा लैजाने नबिल बैङ्कले बताएको छ ।

वनलिंकको कार्यप्रणाली
वनलिंक प्रयोग गर्न सजिलो छ। यो विशेषगरी अफलाइन व्यवसायहरूका लागि डिजाइन गरिएको पोर्टल वा ड्यासबोर्ड हो, जुन बैंकले व्यापारीलाई उपलब्ध गराउँछ।
व्यवसायी पोर्टल मार्फत  लिंक तयार गरी ग्राहकको इमेलमा पठाउन सकिन्छ ।
ग्राहकले लिंकमा क्लिक गरेर भिसा, मास्टरकार्ड वा युनियन पे कार्ड प्रयोग गरी सहज रूपमा भुक्तानी गर्न सकिन्छ ।
वनलिंक विशेष गरी ट्रेडिङ व्यवसाय, थान्का, सोभेनियर, ट्राभल एजेन्सी लगायत पर्यटनसँग सम्बन्धित व्यवसायका लागि लाभदायी हुन्छ।

वनलिंकका विशेष फाइदाहरू
• पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी स्वीकार गरी आफ्नो बजार विस्तार गर्न सक्छ ।
• ग्राहकले विश्वको  कुनै पनि स्थानबाट लिंक मार्फत व्यवसायको भुक्तान गर्न अनलाइन प्रयोग गर्न सकिन्छ 
• वेबसाइटमा छुट्टै इन्ट्रिगेशन आवश्यक पर्दैन ।
• भुक्तानी भए नभएको तत्काल जानकारी प्राप्त गर्न सकिन्छ, जसले व्यवसायीलाई लेनदेन विवरण राख्न सजिलो बनाउँछ ।
• त्यसैगरी यो सेवा लिन कम लागत भए पुग्छ र अत्यन्तै सुरक्षित सेवाको रुपमा विस्तारित छ ।
• अन्य परम्परागत भुक्तानी साधनको तुलनामा वनलिंक सस्तो, सुरक्षित, भरपर्दो र विश्वासिलो हुन्छ ।
• अग्रिम रुपमा भुक्तानी गर्न सकिने हुँदा पर्यटकहरुलाई सेवा सुनिश्चितता हुने र व्यवसायीले समेत सेवा सुविधाको व्यवस्थापन गर्न सक्ने । 

नबिल बैंकको विश्वसनीय पूर्वाधार मार्फत  सञ्चालित वनलिंकले नेपाली उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न मद्दत पुर्याउँछ ।  वस्तु तथा सेवाको निर्यात गर्ने व्यवसायीका लागि यो सुविधा उपयोगी मात्र नभई प्रतिस्पर्धात्मक पनि हुने भएकाले  स्थानीय व्यवसायलाई विश्वव्यापी ग्राहकसँग जोड्ने उत्कृष्ट विकल्पका रूपमा वनलिंक स्थापित भएको छ।