Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कार्की आयोग प्रतिवेदन सार्वजनिक गरेर विदा हुने तयारीमा अन्तरिम सरकार

सरकारले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । सर्वत्र आलोचना भएपछि सरकारले जेन–जी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको हो ।

राजीनामाको अन्तिम संघारमा उभिएको वर्तमान सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्नका लागि आन्तरिक छलफल गरिरहेको बताइएको छ । सो छलफलपछि सकेसम्म आजै वा भोलिसम्म प्रतिवेदन सार्वजनिक गरेर विदा हुने तयारीमा सुशीला कार्की नेतृत्वको सरकार रहेको छ ।