Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

भत्काइयो जेनजी आन्दोलनमा आगजनीले क्षतिग्रस्त देउवा निवास

काठमाडौँको बूढानीलकण्ठमा रहेको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निजी निवास भत्काउन थालिएको छ। 

गत भदाै २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट र पूर्ण रूपमा क्षति पुगेको उक्त घर अहिले धमाधम भत्काउने काम भइरहेको हो। 

आगजनीमा परेको उक्त घरका कतिपय संरचनाहरू हिजोआज धमाधम भत्काइएको छ भने केही संरचना मर्मत गर्न लागेको देखिन्छ।

deuwa 1.png