Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

त्रिचन्द्रका विद्यार्थीको प्रदर्शन : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । 

सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरु हस्ताक्षरसहित प्रदर्शनमा उत्रिएका हुन्। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको छ । 

उक्त प्रतिवेदन सरकारले सार्वजनिक नगरी गुपचुप राखिएपछि झन् आन्दोलन चर्किएको हो । साथै यसलाई गुपचुप राख्नु विडम्बना भएको उनीहरूको आरोप छ ।