Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

रविविरुद्ध उजुरी दिएका व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीकै आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार लामिछानेविरुद्ध उजुरी दिएका कृष्णप्रसाद जैसीलाई पक्राउ गरेको हो । उनलाई पोखरास्थित धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जैसीलाई पक्राउ गरिनुका साथै अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

यसअघि २०८१ साल पुस महिनामा गरिएको प्रारम्भिक छानबिनबाट सो सहकारीमा १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको प्रतिवेदन तयार गरी रजिस्ट्रारको कार्यालयमा पेस गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।