Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

आज विश्व मौसम विज्ञान दिवस मनाइदै

आज विश्व मौसम विज्ञान दिवस मनाइदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।

यस बर्षको विश्व मौसम विज्ञान दिवसको विषयवस्तु 'आजको अवलोकन, भोलिको सुरक्षा' रहेको छ । यो विषयवस्तुले मौसम, जलवायु र पानीको वास्तविक-समय अनुगमन र त्यसपछि जीवन, जीविकोपार्जन र वातावरणको रक्षा गर्ने क्षमता बीचको आवश्यक सम्बन्धलाई दर्शाउछ, जसले गर्दा प्रारम्भिक चेतावनी प्रणालीको महत्त्वमा जोड दिइएको छ।

सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकामा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने संकटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्रसंघले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।