Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, के-के भयो कुराकानी?

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज बिहान करिब १ घण्टा उनीहरूबीच छलफल भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको अनुमान गरिए पनि औपचारिक रूपमा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।


मन्त्रालयका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।